१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय आयोगको समय तेस्रो पटक थप हुँदै

जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ समितिको सयम तेस्रो पटक थप हुने भएको छ। 

अनुसन्धान प्रकृया अझै बाँकी रहेको र प्रमाणहरू जुटाउन कार्य भैरहेकाले उच्चस्तरीय समितिको समय २५ दिन थप गर्न आयोगले सरकारलाई प्रस्ताव गरेको छ।

आयोगका प्रवक्ता पूर्वएआइजी विज्ञानराज शर्माका अनुसार केही प्राविधिक काम बाँकी रहेकाले २५ दिन समय माग गरिएको जानकारी दिए। ‘केही काम बाँकी नै छ, त्यसकारण समय थप गर्न सरकारसँग माग गरिएको छ,’ आयोगका प्रवक्ता शर्माले भने।

यसअघि दुई पटक समय थप गरिएको थियो। दोस्रो पटक थप गरिएको समय माघ २८ गते सकिँदैछ।

प्रकाशित: २६ माघ २०८२ १६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App