सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलाराम केसीले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। पार्टी सभापति लामिछानेको पक्षमा उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी राखेको हस्ताक्षर अभियानअन्तर्गत बिहीबार (आज) पार्टी कार्यालय वनस्थली पुगेर केसीले हस्ताक्षर गरेका हुन्।
केसीले लामिछाने निर्दोष भएको बताए। 'निर्दोष मान्छे एक मिनेट पनि जेल पर्नुहुन्न क्या। जनताको अदालत पहिले थियो, अब खाली राज्यको अदालत मात्रै छ,' उनले भने, 'न्यायाधीश थिएँ, अहिले छैन। न्यायाधीश रिटायर्ड भइसकेपछि सामान्य नागरिक हुन्छ। सामान्य नागरिकसँग जुन अधिकार हुन्छ, रिटार्यड न्यायाधीशको पनि त्यही अधिकार हुन्छ।'
पूर्वगृहमन्त्रीसमेत रहेका पार्टी सभापति लामिछानेविरुद्ध राज्यले 'राजनीतिक प्रतिशोध' साँधेको दाबी गर्ने गरेको छ। रास्वपाले त्यसविरुद्ध हस्ताक्षर अभियान चलाएको हो।
प्रकाशित: २६ असार २०८२ २०:३७ बिहीबार





