२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

हामीले उठाउँदै आएका सुधारका विषय र जेनजीले राखेका माग समान हुन् : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले लामो समयदेखि उठाउँदै आएका सुधारका विषय र जेनजीले राखेका माग समान रहेको बताएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘जेनजीसँग नेकपा’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।

'हाम्रो पार्टीले लामो समयदेखि उठाउँदै आएका सुधारका विषय र जेनजीले राखेका माग समान रहेको हो,' संयोजक दाहालले भने।

उनले विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने र युवाको भावनाअनुसार आफूलाई बदल्ने नयाँ सङ्कल्प जेनजी आन्दोलनबाट प्राप्त भएको जिकिर गरे।

प्रकाशित: ७ मंसिर २०८२ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App