३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

नेपाल र चीनबिचको सम्बन्धलाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबिचको मित्रतालाई पुस्तौँसम्म विस्तार गर्नुपर्ने बताएका छन्। उनले सम्बन्धलाई अगाडि बढाउन नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट गरे।

नेपाल र चीनबिच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा ‘फिनिक्स इन्स्पिरेसन’ले आयोजना गरेको नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन पुराना र ऐतिहासिक देश भएको र यस्ता कार्यक्रमले आपसी सांस्कृतिक सम्बन्ध विस्तारमा असाधारण सन्देश दिएको बताए।

‘यसले पुस्तौँसम्म आपसी मित्रता बढाउन सघाउँछ। बहुआयामिक सम्बन्धलाई वृद्धि गर्छ। सम्बन्ध लेनदेनमा मात्र सीमित हुँदैन, पारस्परिक भावना र सांस्कृतिक पक्षहरू हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘दुई देशबिचको मैत्री सम्बन्धलाई अगाडि बढाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन। मित्रताका लागि गच्छे चाहिँदैन। गच्छे अनुरूप पारस्परिक सम्बन्ध बढाइनेछ। अझ व्यापक बनाइनेछ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कार काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई, व्यवसाय नेतृत्व पुरस्कार राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डेलाई, तथा शिक्षा उत्कृष्ट पुरस्कार अनुराधा शर्मालाई प्रदान गरे। रासस

प्रकाशित: २ श्रावण २०८२ १४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App