३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा प्रधानमन्त्री उठेर हिँडेपछि ...

एमाले सांसद गुरु बरालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पोसाकदेखि संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा गरेको 'साइड टक' र नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको बेला संसद् भवनबाट बाहिर गएको विषयमा सभामुखको ध्यानाकर्षण गराएका हुन् ।  

प्रतिनिधि सभाको सोमबारको दोस्रो बैठकमा उनले प्रधानमन्त्रीको कार्यशैलीमा आपत्ति जनाएका हुन् ।  

प्रधानमन्त्री शाह राष्ट्रपति रामचन्द्र पौडेलले नीति र कार्यक्रम प्रस्तुत गरिरहेको बेला उठेर बाहिर गएका थिए। यसलाई नेता बरालले बैठक बहिष्कार गरेर हिँडेको भन्दै आपत्ति पनि जनाएका हुन् ।  

उनले नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको दृष्टिकोण के हो भन्दै प्रश्न पनि गरे। त्यस्तै उनले प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा फ्रन्ट लाइनमा बसेर १५ मिनेट 'साइड टक' गरेकोबारे पनि आपत्ति जनाए।  

संसदीय मर्यादाविपरित भएकाले त्यो छलफल हटाउन पनि उनले माग गरे। यसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै के भएको रहेछ यसबारेमा आफूले बुझ्ने सभामुख डिपी अर्यालले बताए। 

प्रकाशित: २८ वैशाख २०८३ १९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App