२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

महाधिवेशनमा प्रतिनिधि भएर पास गरेको दस्तावेजमा आफैँ प्रश्न उठाउनु संगठनात्मक अराजकता हो: महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको बताएका छन्।  

विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्। भेलामा उनले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरू राष्ट्रिय महाधिवेशनले संसोधन गर्न सक्ने भएकोले यसको वैधानिक व्यवश्था जानकारी नै नलिइ महाधिवेशन प्रतिनिधि हुने कुरा सांगठनिक अराजकता भएको बताए।

‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ। दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनेतिक हो,’ महासचिव पोखरेलले भने, ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिड्ने कुरा अनुशासनहिन र अराजक हो। जसले यस्ता गतिविधी गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ।’

पार्टी र संगठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारलले पनि अवज्ञा नगर्न महासचिव पोखरेलले चेतावनी दिएका छन्।

प्रकाशित: २६ असार २०८२ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App