९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय मुक्ति पार्टीले सिफारिस गर्‍यो उम्मेदवार

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौं जिल्ला समितिले उम्मेदवारको नाम सिफारिस गरेको छ।  

पार्टीको केन्द्रीय परिपत्रअनुसारको जिल्ला समितिको बैठकले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो।

जिल्ला समितिको निर्णयअनुसार काठमाडौं निर्वाचन क्षेत्र नं. ८/९ बाट पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुमन सायमीलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ। त्यस्तै, काठमाडौं निर्वाचन क्षेत्र नं. ७ बाट पार्टीका केन्द्रीय प्रवक्ता रविन्द्र कुमार श्रेष्ठको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ।

पार्टीका अनुसार सिफारिस गरिएका दुवै नेताहरू संगठन विस्तार र जनआन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व हुन्।  

केन्द्रीय वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका सायमी स्थानीय मुद्दा र जनसरोकारका विषयमा प्रखर व्यक्तिका रूपमा चिनिन्छन् । केन्द्रीय प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठ राजनीतिक गतिविधि र वैचारिक बहसमा सक्रिय छन् । पार्टीको नीति, सिद्धान्त र जनभावनालाई कदर गर्दै उनीहरूलाई योग्य उम्मेदवारका रूपमा अघि सारिएको जिल्ला समितिले जनाएको छ।

काठमाडौं जिल्ला समितिले सिफारिस गरिएका नामहरूमाथि आवश्यक निर्णय लिन र चुनावी प्रक्रियालाई अगाडि बढाउन पार्टीको केन्द्रीय कार्यालयलाई आग्रह गरेको छ। केन्द्रीय समितिबाट अनुमोदन भएपछि उम्मेदवारीले औपचारिकता पाउनेछ।

प्रकाशित: ९ पुस २०८२ १५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App