राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा सबैभन्दा बढी पैसा नेकपा (माओवादी केन्द्र) ले कमाएको आरोप लगाएका छन्।
बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीका क्रममा उनले यस्तो आरोप लगाएका हुन्।
'भिजिट भिसा प्रकरणमा त सबैभन्दा बढी पैसा माओवादीले कमाएको छ नि। किनकि, नारायणकाजीकै पालामा सबैभन्दा बढी भिजिटमा गएका छन्। भोलि छानबिन गर्दै जाँदा नारायणकाजीजी आउँछन्, प्रचण्डजीका सुपुत्री पनि आउँछन्। त्यहाँ कहीँ न कहीँ आफैँमाथि औँला ठडिएपछि के गर्ने भन्नेभन्दा बरु विभिन्न बहाना गरेर त्यहाँबाट उम्किनु बेस,' शाहीले भने।
उनले 'ब्यागेज'हरूको कारणले राजनीतिमा गाह्रो हुने बताए। 'मैले कहीँ ठगेको छैन। ब्यागेजहरू राख्नु हुँदैन। त्यसले बाधा गर्छ। त्यसले बार्गेनिङ पोइन्ट बनाउँछ। जस्तो माओवादीलाई बनाइदियो नि अस्ति, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर माओवादी सशक्ति भएको थियो, ठ्याक्क अग्नि सापकोटाको कुरा आएपछि ब्याक हट्नुपर्यो,' उनले भने।
प्रकाशित: २५ असार २०८२ १९:२८ बुधबार




-600x400.jpg)
