१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

बालेनलाई ५ वर्ष नै प्रधानमन्त्री स्वीकार्न तयार छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई आगामी ५ वर्षका लागि प्रधानमन्त्रीका रुपमा स्वीकार्न आफू तयार रहेको बताएका छन्।

रास्वपाका सांसद असिम शाहले शनिबार सामाजिक सञ्जालमार्फत वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दे सभापति लामिछानेले यस्तो धारणा राखेको बताएका हुन्।

नेतृत्वका विषयमा भइरहेका विभिन्न अड्कलबाजीका बीच सभापति लामिछानेले केन्द्रीय समितिमै बालेनलाई प्रधानमन्त्रीका रूपमा पाँच वर्षनै स्वीकार्ने बताएका हुन्।

सांसद शाहले केन्द्रीय समिति बैठकको सन्दर्भ जोड्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ल्याप्चे नै लगाउनुपर्छ भने पनि म तयार छु,’ पार्टी सभापति रवि लामिछानेले भन्नुभएको छ, ‘पाँच वर्ष प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्छ।’

प्रकाशित: १७ आश्विन २०८३ २२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App