१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

गगनको हाँसो

सानेपास्थित पार्टी कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूको उपस्थिति बाक्लिएसँगै सभापति गगन थापा हर्षित देखिएका छन्।

उनको अनुहारमा बेग्लै चमक देखिएको छ। देउवा समूहका नेताहरू बैठक कक्षमा प्रवेश गरेपछि निकै हर्षित र प्रफुल्ल मुद्रामा प्रस्तुत भएका सभापति थापाले आगामी १५औं महाधिवेशनमा पार्टीलाई पूर्ण रूपमा एकढिक्का बनाएर लैजाने दृढता व्यक्त गरे।

पार्टीभित्र बृहत्तर एकता कायम गर्न आफूले निरन्तर पहल गरिरहेको जनाउँदै उनले यो प्रयास महाधिवेशन सुरु हुनुभन्दा अघिल्लो दिनसम्म जारी रहने बताए।

सोही क्रममा सभापति थापाले आन्तरिक तिक्तता बिर्सेर महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालगायत सम्पूर्ण पूर्वपदाधिकारीहरूलाई आग्रह गरे।

उनले आगामी १५औं महाधिवेशनको औपचारिक समुद्घाटन गरिदिनसमेत निवर्तमान सभापति देउवालाई आह्वान गरेका छन्।

हेराैं तस्बिरहरु, सबै तस्बिर: द्वारिका काफ्ले/नागरिक

.

प्रकाशित: १ आश्विन २०८३ १६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App