२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

विगतमा देश बिचौलिया र माफियाको प्रभावमा चल्यो भनेको कुरा आज ब्युँझँदैछ : नेता भण्डारी

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश बिचौलिया र माफियाको प्रभावमा चलेको भनेर आफूले विगतमा बोलेका कुरा आज ब्युँझँदै गएको बताएका छन्। 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा नेता भण्डारीले लेखेका छन्, ‘विगतमा मैले संसद्‌मा स्पष्ट भनेको थिएँ- यो देश बिचौलिया र माफियाको प्रभावमा चलेको छ, सरकार पनि उनीहरूकै हितमा काम गरिरहेको छ। आज ती हाम्रा आवाजहरू ब्युँझँदैछन्।’

उनले अगाडि लेखेका छन्, ‘देश सबैको हो, देश लुट्ने र लुट्न दिनेहरू नै देशका वास्तविक शत्रु हुन्। निर्मम छानबिन आजको आवश्यकता हो।’ 

भण्डारीले देशको स्रोत साधनको दोहन गर्ने र त्यसमा संलग्न हुनेहरूमाथि कडा कारबाही हुनुपर्ने मागसमेत गरेका छन्।

प्रकाशित: ११ वैशाख २०८३ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App