राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले जेनजी आन्दोलनपछि जनतामा आशा जाग्न नसकेको बताएका छन्।आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले आन्दोलन जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताए।
उनले आन्दोलनपछि जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको बताए।
‘जुन विद्रोह भएको थियो, जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन सकेको छैन। जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ्न सकेको देखिँदैन,’ लिङदेनले भने।
उनले देश आशा जाग्ने दिशामा अघि बढ्नुको सट्टा अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरे।
‘बरु, देशमा आशा जाग्नुको सट्टा अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ। राजनीतिक तरलता र अनिश्चय झन् बढ्दै गएको छ,’ उनले भने।
लिङदेनले पछिल्लो राजनीतिक परिस्थितिमा झन् तरलता बढेको र मुलुकको भविष्यबारे अनिश्चितता गहिरिँदै गएको बताए।
प्रकाशित: २८ भाद्र २०८३ १२:२५ आइतबार





