४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा राष्ट्रको भविष्य छः प्रधानमन्त्री ओली

फाइल तस्बिर

प्रधानमन्त्री केपीशर्मा ओलीले युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य  रहेको बताएका छन्।अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा उनले सामाजिक संन्जाल मार्फत संसारभरका युवाहरू शुभकामना दिँदै यस्तो भनाई  राखेका हुन्। 

‘फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ,’ उनले लेखेका छन्, ‘हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने छ।’ 

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान,अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गरेको भन्दै पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको  उनले लेखेका छन् । ‘यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ,’ उनले लेखेका छन्, ‘संसारभरका युवाहरूलाई शुभकामना !’

प्रकाशित: २७ श्रावण २०८२ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App