काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका छन्।
मेयर शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्। मेयरको सचिवालयका अनुसार त्यसअघि १२ बजे बजेट स्रोत अनुमान र सीमा निर्धारण समितिको बैठक बस्नेछ ।
शुक्रबारकै कार्यपालिका बैठकले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी महानगरको छ।
प्रकाशित: २६ असार २०८२ १४:२२ बिहीबार





