पूर्वराजा ज्ञानेन्द्र शाहका संवादसचिव डा. फणी पाठकलाई प्रहरीले अहिलेसम्म बयान लिइरहेको छ ।
संविधान विपरित कार्य गरेको आरोपमा शुक्रबार विहानै बोलाइएका डा. पाठकलाई अहिलेसम्म बयान लिइरहेको छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सोधपुछका लागि बोलाएको थियो ।
‘उहाँलाई हामीले केही विषयमा कुराकानी गरिरहेका छौ’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहोराले भने । पूर्वराजा शाहलाई गर्ने सम्बोधनको शब्द तथा शैलीको विषय संसद्मा पनि उठाइएपछि प्रहरीले उनलाई सोधपुछका लागि बोलाइएको थियो ।
प्रकाशित: २७ असार २०८२ १८:३२ शुक्रबार





