नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आहिले भत्काउने र बनाउने दुई सोच बिचको द्वन्द्व जारी रहेको बताएका छन्।
देश अहिले दोबाटोमा उभिएको टिप्पणी गर्दै उनले यस्तो बताएका हुन्। उनले केही समूह फेरि देशलाई प्रयोगशाला बनाउन खोज्दै गरेको आरोप समेत लगाएका छन्।
उनले भने, ‘आज देश यस्तो दोबाटोमा उभिएको छ। जहाँ एकातिर आवेग र आक्रोश छ। अर्कोतिर विवेक र जिम्मेवारी छ। भत्काउने र बनाउने दुई सोच बीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ।’
एमालेले आसन्न निर्वाचनको घोषणापत्र आज सार्वजनिक गरेको छ।
प्रकाशित: ७ फाल्गुन २०८२ १३:५५ बिहीबार





-600x400.jpg)