निर्वाचन आयोगमा २४ दल तथा उम्मेदवारले स्पष्टीकरण बुझाएका छन्। आयोगले निर्वाचन आचारसंहिता उलंघनसम्बन्धी स्पष्टीकरण सोधेकामध्ये शुक्रबारसम्म २४ दल तथा उम्मेदवारले जवाफ बुझाएका छन् ।
आयोगले हालसम्म ३४ जनालाई स्पष्टीकरण सोधेको जनाएको छ । आचारसंहिता र निर्वाचन कसुर तथा सजाय ऐनको व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि आयोगले जनाएको छ ।
प्रकाशित: २३ माघ २०८२ १७:०८ शुक्रबार





