१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ५:४३ पूर्वाह्न
राजनीति

देश रित्तियो भन्ने भाष्य गलत, फर्किएकाले नमूना काम गर्दैछन्ः परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युवा वर्ग देशको ठुलो पुँजी भएकाले उनीहरूको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन्।  

अहिले नेपालको जनसंख्याको ठुलो हिस्सा युवाको रहेकाले अहिले मुलुकको विकासका लागि उपयुक्त अवसर रहेको पनि उनको भनाई छ। ‘युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्छ,’ मन्त्री राणाले भनिन्। युवाहरू सबै विदेश गए, देश नै खाली भइसक्यो भन्ने जस्तो भाष्य निर्माण भएकामा पनि उनले चिन्ता व्यक्त गरिन्।

 ‘म युवाहरू विदेश जानै हुँदैन भन्ने पक्षमा छैन,’ उनले भनिन्, ‘म भन्छु यहाँहरू विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस्। हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ । सबै मिलेर देशको विकास गर्नुपर्छ ।’  

स्वदेश फर्किएका कैयौँ युवाहरूले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएको उनले बताइन्।

प्रकाशित: २७ श्रावण २०८२ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App