२३ पुस २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टिका लगाइदिने

कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टिका लगाइदिने भएकी छन्। महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ। भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ।

नवमीको रातमा पनि मूल चोक नजिकै पूजाआजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन छ। गए राति कालरात्रिमा समेत पशु बलि दिइएको थियो। यसरी तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने सङ्कल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ।

जीवित देवी कुमारीमा चयन भएकी आर्यतारालाई मंगलबार अष्टमीको दिनको शुभ साइतमा कुमारी घर प्रवेश गराइ आसनमा विराजमान गराइएको थियो।

प्रकाशित: १५ आश्विन २०८२ २१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App