२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

आइसिसी टी–२० वरियतामा दीपेन्द्र चौथो, सायम शीर्ष उक्लिदा हार्दिक दोस्रोमा खस्किए

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा चौथो स्थानमा यथावत् रहेका छन्। आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ र्‍याङ्किङअनुसार वेस्ट इन्डिजविरुद्धको शृंखलामा औसत प्रदर्शन भए पनि उनको स्थान यथास्थितिमा रह्यो।

दीपेन्द्रले शृंखलामा दुई खेल मात्र खेलेका थिए। रेटिङ अंक २०९ बाट २१४ पुगेपछि पनि उनी चौथो स्थानमै अडिएका हुन्।

अलराउण्डर वरियतामा पाकिस्तानका सायम अयुब शीर्ष स्थानमा पुगेका छन् भने हार्दिक पान्ड्या दोस्रोमा खस्किएका छन्। तेस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन्।

त्यस्तै, ब्याटिङतर्फ नेपालका आसिफ शेख ३ स्थान उक्लँदै ७७औँ स्थानमा पुगेका छन्। बलिङतर्फ ललित राजवंशी ६ स्थान सुधार गरी ५१औँ स्थानमा उक्लिएका छन्।

प्रकाशित: १५ आश्विन २०८२ २२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App