४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

झलनाथसँग चिनियाँ नेताले भनेः नेपालका कम्युनिस्ट पार्टी नेताको स्वार्थले फुटिरहेका छन्

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीनको भ्रमणबाट फर्किएका छन्। असार २३ गते चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा बेइजिङ प्रस्थान गरेका नेता खनाल शनिवार स्वदेश फर्किएका हुन्। 

स्वदेश पुगेपछि पत्रकारसँग कुराकानी गर्दै खनालले चिनियाँ नेताले आफूसँग नेपालका कम्युनिस्ट पार्टी विभाजनबारे चिन्ता व्यक्त गरेको बताए। 

‘अब कम्युनिस्ट पार्टी तपाईँहरू कहाँ यत्रो ठुलो, धेरै मान्छे, ६० प्रतिशत भन्दा बढी मान्छेहरू कम्युनिस्ट पार्टीप्रति आकर्षित भएको देखिन्छ,’ खनालले भने, ‘तर, तपाईँहरूको पार्टी चाहिँ किन यसरी विभाजित भएको ? भन्ने चाहिँ उहाँहरूको जिज्ञासा छ। त्यो बडो चिन्ताजनक जिज्ञासा थियो।’ 

सोही क्रममा चिनियाँ नेताले आफूले देख्दा त्यो विभाजनमा सिद्धान्तको कुनै अन्तर नदेखेको सुनाएको पनि खनालले बताए। ‘हामी(चिनियाँ)ले देख्दा कुनै ठुलो सिद्धान्तको विवाद, नीतिको विवाद जस्तो केही पनि देख्दैनौँ, नेताहरूको स्वार्थको लडाइँ मात्र हो कि जस्तो लाग्छ भन्ने खालको टिप्पणी थियो,’ खनालले भने।

चिनियाँ नेताको यो टिप्पणीलाई नेपालका विद्वान नेताहरूले गम्भीरतापूर्वक बुझ्नु र सुन्नु आवश्यक छ भन्ने आफूलाई लागेको खनालले बताए। 

प्रकाशित: २८ असार २०८२ १४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App