११ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

विपद्को बेला केहि व्यक्तिहरुको गतिविधिले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भयो : ज्ञानेन्द्र शाही

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्को बेला केहि व्यक्तिहरुको गतिविधिले अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत भएको बताएका छन्।

सर्वदलीय बैठकमा बोल्दै उनले व्यक्तिगत फाइदाका लागि शवबाट सुन झिक्नेहरूमाथि कारबाही गर्न माग गरे।

‘यहाँ यत्रो विपद्को बेला केही नेपाली दाजुभाइ–दिदीबहिनीहरूको जुन व्यवहार अहिले देखिएको छ, व्यक्तिगत फाइदाका लागि लासलाई सम्म नछोड्ने,’ उनले भने, ‘गृहमन्त्रीलाई मैले अपिल गरेको छु भिडिओमा जोजो देखिएका छन् कारबाही गर्नुस्। हामी नेपालीको इमेज अन्तर्राष्ट्रिय जगतमा बेइज्जत गर्नुपर्ने कारण छैन।’

उनले सङ्कटको बेलामा राष्ट्रिय ऐक्यबद्धताको साथ आफूहरू सरकारको साथमा रहेको बताउँदै उनले विपत्को बेला कुनै पार्टी, दल र समूह नभई पहिला नेपाली रहेको बताए।

यस्तै, उनले भौतिक रूपमा उपस्थित हुन सक्ने साथीहरू भौतिक रूपमा उपस्थित हुन र आर्थिक सहयोग गर्नेले आर्थिक सहयोग गर्न अपिल गरे।

यस्तै, उनले सञ्चार क्षेत्रले पनि गलत सूचना प्रवाह नगरिदिनन आग्रह गरे।

प्रकाशित: ११ भाद्र २०८३ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App