४ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

बागमतीका मुख्यमन्त्री थापाले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १६८ को २ बमोजिम थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

प्रदेश प्रमुख देवकोटाले थापालाई आजै दिउँसो बागमतीको सातौं मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

थापा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

प्रकाशित: ४ भाद्र २०८३ १७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App