२२ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

सभापति लामिछाने र अमेरिकाका विदेशमन्त्री रुबियोबिच टेलिफोन वार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले टेलिफोनमार्फत सम्पर्क गरेका छन्।

टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालका जनता तथा सरकारप्रति ऐक्यबद्धता जनाएको रास्वपाले जानकारी दिएको छ।

सभापति लामिछानेले नेपाल सरकारले जारी खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराए। नेपाली नागरिकसँगै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति पनि नेपाल समान रूपमा प्रतिबद्ध रहेको उनले विदेशमन्त्री रुबियोलाई बताए।

लामिछानेले यस कठिन परिस्थितिमा अमेरिकी सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरे। रास्वपाका अनुसार जवाफमा विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन संयुक्त राज्य अमेरिका तयार रहेको बताए।

प्रकाशित: २२ भाद्र २०८३ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App