नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूप्रति कटाक्ष गर्दै विपद्को समयमा केही सांसद मात्रै ‘ग्राउण्ड जिरो’मा पुगेको टिप्पणी गरेका छन्।
बाँस्कोटाले रास्वपा सांसद श्रीराम न्यौपाने र सागर ढकालबाहेक अन्य सांसदहरू विपद् प्रभावित क्षेत्रमा काम गर्नुभन्दा ‘देखावटी’ गर्न र ‘नौटङ्की’ गर्न गएको आरोप लगाएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत विपद्का कारण विद्युत् संरचना, सडक, पुल र सञ्चार संरचना बगेको विषयलाई विगतमा भएका विकास निर्माणका कामको प्रमाणका रूपमा व्याख्या गरेका छन्।
बाँस्कोटाले लेखेका छन्, ‘ग्राउण्ड जिरोमा पुगेका श्रीराम न्यौपाने र सागर ढकालबाहेक रास्वपाका सांसदहरू बेठी लाउन गएका जिम्माल र नौटङ्कीबाज नै हुन्।’
उनले विपद्पछि प्रभावित क्षेत्रमा भइरहेका गतिविधिप्रति पनि व्यंग्य गर्दै ‘मन्दिरको घण्टी पनि धेरै बजे झर्को लाग्छ’ भने।
प्रकाशित: २२ भाद्र २०८३ १०:५० सोमबार





