२२ भाद्र २०८३ सोमबार
image/svg+xml
फोटो फिचर

त्रिशूली-३ बीका बेपत्ताको खोजीमा ढिलाइ भएको भन्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

त्रिशूली–३ बी आयोजना स्थलमा आएको बाढीपछि बेपत्ता भएकाहरूका आफन्तले उद्धार तथा खोजी कार्यमा ढिलाइ भएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

बेपत्ता आफ्न्तहरूको तस्बिरसहितका प्लेकार्ड बोकेर उनीहरूले सरकारसँग तत्काल प्रभावकारी खोजी तथा उद्धार कार्य अघि बढाउन माग गरेका हुन्।

बाढी आएको १३ दिन बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था र खोजी तथा उद्धार कार्य कहाँसम्म पुगेको छ भन्नेबारे सरकारले स्पष्ट जानकारी नदिएको उनीहरूको गुनासो छ। लामो समय बितिसक्दा पनि बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अघि नबढ्दा आफूहरू थप पीडित र अन्योलमा परेको उनीहरूले बताएका छन्।

प्रकाशित: २२ भाद्र २०८३ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App