१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

देशैभर निर्वाचनकेन्द्रीत कार्यक्रम गर्दै तरुण दल

नेपाली कांग्रेसका युवाहरूको संगठन नेपाल तरुण दलले देशैभर निर्वाचनकेन्द्रीत कार्यक्रम गर्ने भएको छ। तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंगलबार एक परिपत्र जारी गर्दै सबै जिल्ला कार्यसमितिहरूलाई निर्वाचन केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएका छन्। 

परिपत्रमा सात बुँदे कार्यक्रमहरू उल्लेख छन्। जसको पहिलो बुँदामा सबै जिल्लामा  र्‍यालीलगायत मार्च पास गरी कोण सभा आयोजना गरी निर्धारित समयमै निर्वाचनको सुनिश्चितता गर्न सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउने उल्लेख छ। 

यस्तै दोस्रो बुँदामा जिल्लास्थित नागरिक समाज, सुरक्षा अधिकारी, जेनजी युवा, निर्वाचन कार्यालयको अधिकारी, मतदातालगायतको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम गर्ने, तेस्रोमा कांग्रेसका स्थानीय नेताहरूको उपस्थितिमा जेनजी युवालाई व्यापक दल प्रवेश कार्यक्रम आयोजना गर्ने परिपत्र गरिएको छ। 

यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई शान्ति, अमन चयनको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाउने बुँदा पनि परिपत्रमा उल्लेख छ। 

यस्तै मतदातालक्षित सचेतना कार्यक्रम आयोजना गर्ने, स्थानीय सरकारबाट हुने विकास कार्यक्रममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने विषय पनि परिपत्रमार्फत निर्देशन गरिएको छ। 

यस्तै सातौँ बुँदामा तरुण दलको सदस्यता वितरण कार्यलाई तीव्रता दिँदै पाँचौँ महाधिवेशनको तयारीस्वरुप जिल्ला अधिवेशनको तयारी गर्ने र पूर्ण सदस्यता केन्द्रबाट स्वीकृत भइसकेपछि मात्र अधिवेशनको कार्यक्रम सुरु गर्न निर्देशन जारी गरिएको छ।

May be an image of text

प्रकाशित: ९ मंसिर २०८२ १४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App