सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले सोमबार लेखकलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले लेखकविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। त्यसकै आधारमा वर्तमान सरकारले तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको हो।
पक्राउ गैरकानुनी भन्दै तत्काल रिहाइको माग राखेर यशोदा लेखकले आइतबार निवेदन दर्ता गराएकी थिइन्।
प्रकाशित: १६ चैत्र २०८२ १५:५८ सोमबार




-600x400.jpg)
