१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

‘हतकडी’ लागेको रविको हातमा समर्थकले ‘राखी’ बाँधे

सहकारी ठगीको आरोपमा रास्वपाका सभापति रवि लामिछाने कारागारमा छन्। सरकारको नजरमा उनी दोषी हुन्। त्यसैले उनका हातमा हतकडी लागेको छ। तर कतिपयको नजरमा भने उनी निर्दोष छन्। उनीहरू रवि दाइ भन्दै समर्थनमा नारा लगाउँछन्। यस्तै दृश्य राखी पर्वको अवसरमा शनिबार देखियो। 

वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयको आँगनमा शनिबार बिहानैबाट भीड जम्मा हुन थाल्यो। कारागारमै रहेका सभापति रवि लामिछानेको ठुलो कटआउट उभिएको थियो। यही हातमा, एउटी युवतीले राखी बाँधिन् र ब्राह्मणले मन्त्र उच्चारण गर्दै आशीर्वाद दिए। कतिपयको आँखाबाट आँसु झर्‍यो।

उनीहरूको विश्वास थियो, सहकारी ठगीको आरोप सत्य होइन, यो राजनीतिक प्रतिशोधको उपज हो। रविलाई चुनाव जित्न नदिने षड्यन्त्र हो। त्यसैले यो राखी बाँध्ने क्षण केवल धार्मिक वा भावनात्मक परम्परा थिएन, यो प्रतिरोधको प्रतीक थियो। हतकडी लागेको हातमा बाँधिएको राखीले सन्देश दिइरहेको थियो, ‘सम्बन्ध र समर्थन हरेक बन्धनभन्दा बलियो छ।’

भैरहवाको कारागारसम्म पुग्न नसके पनि समर्थकहरूको माया र विश्वास त्यहाँसम्म अवश्य पुग्नेमा उनीहरू ढुक्क थिए। यस्तो लाग्थ्यो त्यो कटआउटमा बाँधिएको एउटा सानो धागो सयौँ आवाजको प्रतिध्वनि बनेर न्यायको ढोका ढकढक्याइरहेको थियो।

प्रकाशित: २५ श्रावण २०८२ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App