२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सुनसरी -१ : हर्क साम्पाङ् दुई हजार मतले अगाडि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ् सुनसरी क्षेत्र नं. १ बाट दुई हजार मतले अगाडि रहेका छन्। 

पछिल्लो मत परिणम अनुसार उनले सात हजार ८१३ ल्याउँदा रास्वपाको उम्मेदवार गोमा (सरिन) तामाङ्ले पाँच हजार ८१३ ल्याएर पछ्याइ रहेकी छन्। सुरुवाती चरणमा भने गोमाले अग्रता कायम गरेकी थिइन्। 

यस क्षेत्रबाट नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले एक हजार ४७३ मत ल्याएका छन्। नेकपा एमालेका टीका लिम्बुले एक हजार २१४ र नेपाली काँग्रेसका सुजेन्द्र गोलेले एक हजार ९३ मत ल्याएका छन् । 

यस क्षेत्रबाट २८ जना उम्मेदवारी चुनाबी प्रतिस्पर्धामा रहेका छन्। क्षेत्र नं. १ मा धरान उपमहानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाका पाँचवटा र रामधुनीका दुईवटा गरि २७ वटा वडा समेटिएका छन्। 

यहाँ एक लाख ५० हजार ३९३ जना मतदाताध्ये ८८ हजार ३७२ मत खसेको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App