कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आइतबार थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो ।
अन्य समूहतर्फ रिक्त एक सदस्य पदका लागि थापाको मात्र उम्मेदवारी कायम भएपछि निर्विरोध घोषणा गरिएको सूचनामा उल्लेख छ । निर्वाचित थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट अन्य समूहमा थापाको एकल उम्मेदवारी परेको थियो । कोशीमा महिला तर्फ कांग्रेस एमाले गठबन्धनबाट रोशनी मेचे र नेकपाबाट नमिता न्यौपाने उम्मेदवार छिन् ।
दलित तर्फ कांग्रेस एमाले गठबन्धनबाट सोम पोर्तेल र नेकपाबाट दलिततर्फ खेमराज सुन्दास उम्मेदवार छन् ।
प्रकाशित: २७ पुस २०८२ १६:५४ आइतबार





