२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मरब क्याम्पसको केन्द्रबाट सुहाङले गरे मतदान

नेकपा एमालेका केन्द्रीय सदस्य तथा इलाम क्षेत्र नम्बर २ का एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् ।  

उनले इलामको महेन्द्र रत्न बहुमुखी (मरब) क्याम्पस केन्द्रबाट मतदान गरेका हुन् ।  

स्थानीय एमाले नेता कार्यकर्तासहित माला टीका लगाएर नेम्वाङ मतदान केन्द्र पुगेका थिए ।  

स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङको मृत्युपछि भएको उपनिर्वाचनमा इलाम-२बाट निर्वाचित भएका थिए ।  

स्वभाव र शैलीबाट सबैको मत जितेका उनी इलामको समृद्धिका लागि आफू लाग्ने प्रतिवद्धता जनाउँदै आएका छन् ।

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App