२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

रुपन्देही- ३ मा उपचुनाव : किरण बिकद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

फिल्म मेकर तथा लेखक किरण बिकले रुपन्देही- ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले निर्दलीय उम्मेदवारी घोषणा गरेका हुन् ।

उदार लोकतन्त्र र मिश्रित अर्थतन्त्रको अवधारणासहित आफूले उम्मेदवारी दिएको बताउँदै बिकले मुलुकमा सामाजिक न्याय आवश्यक रहेकोमा जोड दिए । चुनावका लागि भैरहवालाई आर्थिक राजधानी घोषणा, भैरहवालाई अन्तर्राष्ट्रिय मनोरञ्जन पर्यटकीय सहर, लुम्बिनी महानगरको अवधारणा, व्यवस्थित सहरीकरणलगायत एजेन्डा रहेको उनको भनाइ छ ।

रुपन्देही- ३ मा आगामी कार्तिक १७ गते उपचुनाव हुँदैछ । यसका लागि असोज ११ गते उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

प्रकाशित: ९ श्रावण २०८२ १६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App