३० भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

बिदाका दिन चलाएपछि राज्यमन्त्रीको गाडीलाई जरिवाना

सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको भन्दै सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीको गाडीलाई नै कारबाही गरिएको छ। भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरको प्रयोगमा रहेको सरकारी गाडीलाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको हो।

सुपप्र ०१–००१ झ ०३९७ नम्बरको गाडी राज्यमन्त्री सवार नभएको अवस्थामा निषेधित समयमा सञ्चालन भएको भेटिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाही गरेको हो।

प्रहरीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अन्तर्गत पहिलोपटक ५ सय रुपैयाँ जरिवाना गरिएको हो। ट्राफिक प्रहरीले सरकारी सवारीसाधनको अनधिकृत प्रयोग नगर्न सम्बन्धित चालकलाई सचेतसमेत गराएको छ ।

प्रकाशित: २९ भाद्र २०८३ १४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App