२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीकै कारण राज्य व्यवस्था समितिको बैठक बस्न सकेन : आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीकै कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न नसकेको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री उपस्थित नहुँदा बैठक बस्ने नसकेको बताएका हुन्। ‘सम्माानीय प्रधानमन्त्रीज्यूको कारणले गर्दा राज्य व्यवस्था समितिको बैठक बस्न सकिरहेको छैन,’ उनले भने ।

गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीको अनुपस्थितिले विभिन्न ठाउँमा अवरोध भएको भन्दै उनले गृहमन्त्री भएपछि बैठकमा उपस्थित हुनु अनिवार्य भएको बताए । ‘कि गृहमन्त्री तपाईंले बनाउनुपर्‍यो । होइन भने गृह मन्त्रालयको जिम्मेवारी लिएको प्रधानमन्त्री त्यो समितिमा उपस्थित हुनैपर्‍यो ।’, उनले भने ।  

जनताको प्रश्नको जवाफ दिन प्रधानमन्त्री हिचकिचाएको भन्दै त्यसो किन भइरहेको भनेर प्रश्नसमेत गरे।  

फागुन २१ मा भएको निर्वाचनबाट आएको प्रतिनिधिसभाले चैत २७ मै संसदीय विषयगत समिति गठन गरेको थियो । वैशाख ४ गते सबै समितिको सभापति चयन भएको थियो । नेतृत्व पाएपछि केही समितिका बैठकहरू बस्न थालेपनि राज्य व्यवस्था समितिको औपचारिक बैठक बस्न सकेको छैन ।

प्रकाशित: २९ वैशाख २०८३ १५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App