२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

संसद्को रोष्टममा उभिएर महावीरले भनेः आज स्कुल लाग्यो, धेरै पढेँ

सांसद महावीर पुनले आफूलाई संसद्को विद्यार्थी भएको चर्चा गर्दै स्कुल लागेकोमा खुशी व्यक्त गरेका छन्। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले उक्त व्यङ्ग्य गरेका हुन्।  

उनले भने, 'दुर्भाग्यवस हिजो पढाइ भएन। आज पढ्न पाइयो र आज धेरै पढ्न पाइयो । विभिन्न माननीय ज्यूहरुबाट धेरै आदेशहरु, उपदेशहरु सुन्न पाइयो । धन्यवाद छ।' 

विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय गठन गरेकोमा नेपाल सरकारलाई दिँदै स्वतन्त्र सांसद पुनले अनुसन्धान शब्द पनि समावेश गर्न आग्रह गरे।

सांसद पुनले आफू संसद्को विद्यार्थी भएको चर्चा गर्दै आफूलाई माननीय नठान्ने उल्लेख गरे। 

प्रकाशित: ३१ वैशाख २०८३ १७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App