९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

सभामुख घिमिरेद्वारा राजनीतिक दलहरूसँग छलफल, रास्वपा बाहिर

तस्विर : सभामुखको सचिवालय

सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन्।

सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहेका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दलका प्रतिनिधि सहभागी छन्।  

पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। रासस

प्रकाशित: २९ आश्विन २०८२ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App