२७ असार २०८३ शनिबार
image/svg+xml
राजनीति

सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

सभामुख डिपी अर्यालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। १५ मिनेट स्थगितपछि सुरु भएको बैठकमा सभामुखले सांसद राईको सबै अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।

बैठकको सुरुमै प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए। यसैबीच नेकपा सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न गरेका थिए। लगत्तै उनलाई रोक्दै सभामुखले थप नबोल्न र आसन ग्रहण गर्न निर्देशन दिएका थिए।

त्यसलगत्तै एमालेका अरु सांसदले पनि उठेर विरोध गरेका थिए। यसैबीच रास्वपाकी सांसद टीका सङ्ग्रौला ले सभामुखप्रति अपमान भएको भन्दै नियमापत्ति गरेकी थिइन्।

सो सन्दर्भमा सांसद राईले माफी माग्ने सन्देश पठाएपछि सभामुख अर्यालले पुनः राईलाई बोल्न समय दिएका थिए। तर, राईले उल्टो सभामुखलाई  ‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन?’ अभिव्यक्ति दिएका थिए।

विवादले नयाँ स्वरुप लिएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

प्रकाशित: २४ असार २०८३ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App