२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

समयमै संसद् भवन नबनेपछि रिसाए सभामुख: दैनिक एक करोड जरिवाना गर्ने चेतावनी

सभामुख डोलप्रसाद(डिपी) अर्यालले निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् । निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीसँग उनले आक्रोश पनि पोखेका छन् ।  

भवन अवलोकनका क्रममा उनले निर्माण व्यवसायीसँग कुराकानी गर्दै भने, ‘तपाईंहरूले विभिन्न बहानामा भाका मात्र सार्दै हुनुहुन्छ । अटेर गर्दै हुनुहुन्छ । निर्माण सम्पन्न गर्ने एक मिति तोकौँ । त्यो समयमा भएन भने दैनिक एक करोड जरिवाना गर्ने निर्णय गरौँ हुन्छ ?’

सभामुखले यो र त्यो बहाना निर्माणको काम नरोक्न भन्दै भौतिक पूर्वाधार मन्त्री र सचिवललाई बोलाएर बैठक गर्न सुझाएका छन् । 

प्रकाशित: १ असार २०८३ १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App