२ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

स्पेन भ्रमण गएकाहरू नफर्केकोबारे सोबिता: सांसदहरुको भाषा बुझाइमा समस्या

राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद सोबिता गौतमले स्पेन कार्यक्रममा गएर नफर्केको भन्ने विषयमा आफूले बोलेको कुरा राम्रोसँग सुन्न आग्रह गरेकी छिन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्पेन कार्यक्रममा गएर नफर्केको विषयमा बोलेको कुरा राम्रोसँग सुन्न आग्रह गरेकी हुन्।

उनले भनिन्,'मैले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन। राम्रोसँग कान खोलेर सुन्नुस्। मैले हिजो बोलेको वाक्य स्वयम प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रमको बाहाना बनाएर गएको र नफर्किएको भन्ने समाचारहरू आइरहेका छन्।'

प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्केनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर रहेको पनि उनले बताएकी छिन्। उनले भनिन्,'प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्केनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ। सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइ हटाउनु त पर्ने होइन् होला नि ।'

प्रकाशित: २५ असार २०८२ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App