२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

महाधिवेशन स्थलमा नयाँ नेतृत्व चयनको पक्षमा नाराबाजी

नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशनपक्षबीच वार्ता चलिरहँदा भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा भने नयाँ नेतृत्व चयनको पक्षमा नाराबाजी चलेको छ। 

नेपाली कांग्रेसको विशेष महाधिवेशन भइरहेको भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाराबाजी गरेका हुन्। प्रतिनिधिहरूले केन्द्रीय कार्यसमिति भङ्ग गर, नयाँ नेतृत्व चयन गर जस्ता नारा लगाउँदै विरोध जनाएका हुन्।

यसअघि सहमतिको प्रयास स्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान छलफल भएको थियो। तर उक्त वार्ता कुनै निष्कर्षमा नपुगी टुङ्गिएको बताइएको छ।

प्रकाशित: २९ पुस २०८२ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App