१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगमा ६ नयाँ सदस्य नियुक्त गरेको छ ।

योजना आयोग उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको केही दिनपछि सरकारले ६ सदस्य थप गरेको हो ।  

थपिएका सदस्यमा अर्जुनजंग थापा, प्राडा सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्राडा सुदन झा र डा. पुकार मल्ल छन् ।  

सदस्य नियुक्त थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन् भने प्राडा आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।

त्यस्तै डा. गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’का सिनियर फेलो हुन् । अर्याल शिक्षाविद् हुन् ।  

प्राडा झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक हुन् भने डा. मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष हुन् । उनी नेपाल लिडरसिप एकेडेमीका कार्यकारी कोच पनि हुन् ।

प्रकाशित: २६ चैत्र २०८२ १८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App