१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सीता बादी: हेपिएको झुपडीदेखि मन्त्रीसम्म

सीता बादी नेपाल सरकारको मन्त्री बनेकी छन् । बालेन्द्र शाह नेतृत्वको मन्‍त्रिपरिषदमा सीताले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनिन् ।  

उनले केहीबेर अघिमात्र मन्त्री पदको शपथ लिएकी छन् । सीता राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा आएकी सांसद हुन् ।  

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा २०५२ सालमा जन्मिएको सीताले पछाडी परेको समुदायले भोग्नुपर्ने सबै समस्या भोगिन ।  सानै उमरेदेखि गरिबी, छुवाछुतसहितका सामाजिक अपमान र बहिष्कारको नमिठो अनुभव भोगेकी उनी अब यो समुदायको आवाज उठाउनेमात्र होइन । समस्या सम्बोधन गर्ने ठाउँमा पुगेकी छन् ।  

विगतमा बालुवा उत्खनन गर्दै जीविकोपार्जन गर्ने परिवारमा रहेकी उनी अब देशको शासनसत्ता सम्हाल्ने मन्त्री पदमा पुगेकी छन् । उनको यो उपस्थितिलाई सम्पूर्ण पछाडी परेको समुदायको उपस्थितिका रुपमा लिइएको छ।  

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनले समय सामाजिक क्षेत्रमा काम गरिरन । दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षा र महिलालाई सीपमूलक तालिम प्रदान गर्दै आएकी थिइन ।  

पश्चिम नेपालमा बसोबास गर्ने बादी समुदाय दलित जातिभित्रको सीमान्तकृत समुदाय हो ।यो समुदायका नागरिक पश्चिम नेपालका विभिन्न जिल्लामा स-सानो संख्यामा बस्दै आएका छन् ।  

इतिहासकारहरूका अनुसार भारतबाट १४ सय शताब्दीमा राजा रजौटाहरूको मनोरञ्जनका लागि नेपाल ल्याइएका बादी समुदायले लामो समयदेखि वाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएका थिए । 

प्रकाशित: १३ चैत्र २०८२ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App