४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सरकारलाई शेखरको सुझाव: जेन–जी पुस्तालाई सुनौं, आफूलाई परिवर्तन गरौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन–जी पुस्ताको आवाज सुनेर आफूलाई परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन्। आइतबार फेसबुकमा स्टाटस राख्दै कोइरालाले यस्तो सुझाव दिएका छन्। 

‘राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देशमै बसेर केही गर्छु भन्ने ‘जेन–जी’ पुस्ताका होनहार युवाहरू सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु सरकारमा बसेका र उनीहरूको बिचको सोचाइको अन्तर हो,’ कोइरालाले भनेका छन्, ‘उनीहरूको आवाज सुन्ने हिम्मत गरौं र आफूलाई परिवर्तन गरौं।’ नत्र पछि पछुताउनुको विकल्प पनि बाँकी नरहने उनले लेखेका छन्। 

प्रकाशित: २२ भाद्र २०८२ १९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App