नेपाली कांग्रेसका सात पूर्व पदाधिकारीहरू सोमबार फेरि एक ठाउँमा जुट्ने भएका छन् । कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दिउँसो ४ बजे बैठक आयोजना गरेका हुन् ।
सिंह निवास चाक्सिबारीमा बस्ने बैठकमा पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदारका साथै पूर्व महामन्त्रीहरू कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला र पूर्व सहमहामन्त्री प्रकाशशरण महतलाई बैठकमा आमन्त्रण गरिएको छ ।
आलोपालोमा बैठकको आयोजना गर्दै आएका पूर्व पदाधिकारीहरूले यसअघि सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेका थिए । त्यसका लागि निकट नेताहरू तोके पनि उनीहरूले अहिलेसम्म कार्यक्रम आयोजना गर्न सकेका छैनन् ।
पार्टीको १५औं महाधिवेशनमा सभापतिको आकांक्षी रहेका उनीहरूले आफुहरू मध्यबाट एक जना मात्र उम्मेदवार बन्ने दाबी गर्दै आएका छन् । तर, उनीहरू सबै जना सभापति देउवाको आर्शिवाद लिएर नेतृत्व प्रतिष्पर्धामा उत्रिने पक्षमा देखिएका छन् ।
प्रकाशित: २२ भाद्र २०८२ २१:३६ आइतबार





