२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

बढी क्षति हुँदा सुर्यविनायकमा अझै भएन सेवा सञ्चालन

भदौ २३ र २४ गतेको जने-जी प्रदर्शनमा भएको क्षतिले सूर्यविनायक नगरपालिकामा अझै सेवा सुचारु भएको छैन । भक्तपुरका चार नगरपालिकामध्ये सुर्यविनायकमा धेरै क्षति भएको पाइएको छ ।  

सूर्यविनायक नगरपालिकास्थित बालकोटको तत्कालिन प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको दुई वटा घर आगजनीले ध्वस्त भएका छन् । नेता महेश बस्नेतको सूर्यविनायक नगरपालिका-७ गुण्डूस्थित घर पनि जलेर नष्ट भएको छ । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा बस्दै आएको उनकी छोरीको सूर्यविनायक नगरपालिका दार्जलिंग हाइटस्थित घर पनि जलेर नष्ट भएको छ । वडा नं ७ गुण्डू वडा कार्यालय र वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाको निजी निवास पनि जलेर ध्वस्त भएको छ ।  

सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट भबन पनि जलेर नष्ट भएको छ ।  

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत युवराज आचार्यले भौतिक आक्रमणकै कारण नगरपालिका क्षेत्रका दुई वटा वडामा सेवा सुचारु गर्न नसकेको बताए । सूर्यविनायक-४ र ७ का कार्यालय तोडफोड भएको छ । यी कार्यालयमा अर्को सूचना जारी नभएसम्म सेवा रोकिएको छ। 

प्रकाशित: ३० भाद्र २०८२ २१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App