बाँकेको डुडुवा गाउँपालिकामा लगाइएको ताला नखुल्दा सेवा ठप्प भएको छ । जेन-जीआन्दोलनको आडमा गत भदौं २५ गते अन्दाजी साँझ साढे ८ बजेतिर अज्ञात समुहले कार्यालयका कागजात निकालेर आगो लगाएको थियो ।
कर्मचारीका अनुसार लगत्तै अर्को समूह आएर एक घण्टाभन्दा बढी समयसम्म बाउण्ड्री र प्रशासनिक भवनमा आवतजावत गरी नगर प्रहरीलाई धम्की दिएका थिए । त्यसको भोलिपल्ट बिहान साढे १० बजेतिर लुम्बिनी प्रदेशका पूर्वमन्त्रीद्वय भण्डारीलाल अहिर र विजयबहादुर यादवको नेतृत्वमा ३०/३२ जनाको संख्यामा आएको समूहले गाउँपालिकाभित्र पसेर भिडियो बनाउँदै तालाबन्दी गरेको गाउँपालिकाको आरोप छ ।
तालाबन्दी गरिएको दुई हप्ता बित्दा पनि नखुल्दा काम ठप्प भएको छ । गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई कानूनी कारबाही गर्न र तालाबन्दी खुलाएर कार्य सुचारु गराउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गरे पनि पहल नभएकफ आरोप पालिकाको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ताला खोलेर प्रहरीद्वारा मुचुल्का तयार गरी कामकाज गर्ने वातावरण बनाउन बाँके प्रशासन कार्यालयलाई अनुरोध गरिएको बताए ।
प्रकाशित: ८ आश्विन २०८२ २१:०५ बुधबार





