७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सांसदहरूको शपथग्रहण ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गराउने

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम चैत १२ गते हुने भएको छ। उक्त शपथग्रहण कार्यक्रम ज्येष्ठ सदस्यका हैसियतमा अर्जुननरसिंह केसीले गराउनेछन्। 

संघीय संसद् सचिवालयका अनुसार सभामुख चयन नहुँदासम्म संवैधानिक व्यवस्था तथा संसदीय अभ्यासअनुसार उपस्थित सदस्यहरूमध्ये उमेरका आधारमा ज्येष्ठ सदस्यले शपथग्रहण गराउने प्रावधान छ। 

नेपालको संविधान को धारा ९१ को उपधारा (५)  मा सभामुख र उपसभामुख निर्वाचित नभएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने उल्लेख गरिएको छ। 

यसै व्यवस्थाअनुसार नवनिर्वाचित सांसदहरूमध्ये उमेरका आधारमा सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी रहेको सचिवालयले जनाएको छ। उनी नेपाली कांग्रेसका नेता हुन् ।  

सचिवालयका अनुसार केसीलाई चैत ११ गते राष्ट्रपतिसमक्ष शपथग्रहण गराइने तयारी भइरहेको छ। त्यसपछि उनले चैत १२ गते अन्य सबै सांसदहरूलाई शपथग्रहण गराउनेछन्।  

प्रकाशित: ७ चैत्र २०८२ १५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App