१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

तस्बिरमा हेर्नुहोस् प्रहरी र एमाले प्रदर्शनकारीबीचको झडप

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको बबरमहलमा झडप भएको छ।

काठमाडौं जिल्ला अदालतअगाडि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो।

ओलीको पक्राउको विरोध गर्दै अदालतअगाडि जम्मा भएका प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै ढुंगामुढा प्रहार गरेपछि झडपको स्थिति बनेको हो।

तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। यस झडपका बीच एक जना घाइते भएका छन्।

झडपमा परी घाइते भएका व्यक्तिको अवस्था भने गम्भीर नरहेको प्रहरीले जनाएको छ।

हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १५ चैत्र २०८२ १६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App