१२ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने घातक हुन्छ : दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले बिना कारण सरकारले विशिष्ट व्यक्तिहरूलाई पक्राउ गरिरहे यसको ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले यस्ता घटना नदोहोर्‍याउन सरकारलाई चेतावनी दिए।

सुरक्षा थ्रेटको बाहनामा चोलेन्द्रलाई पक्राउ गरेको आरोप लगाए। ‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ’, उनले भने,‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो। त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने। सुरक्षा थ्रेट हो सुरक्षाकर्मी बढाइदिन पर्‍यो नि।’

यस्तै, उनले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले जे बोल्नुपर्ने थियो त्यहि बोलेको बताए। उनको ठाँउमा अरु प्रधानमन्त्री भएपनि सोहि कुरा बोल्ने र यसमा बढ्याइचढ्याई गर्नुपर्ने आवश्यक नरहेको उनको भनाइ छ।

प्रकाशित: १२ आश्विन २०८३ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App